PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

नवलपरासीमा राजपाको सभास्थलमा केहीबेर तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार



पहिलोपोस्ट

नवलपरासीमा राजपाको सभास्थलमा केहीबेर तनाव, प्रहरीद्वारा अश्रुग्याँस प्रहार

काठमाडौंः  नवलपरासीमा राष्ट्रिय जनता पार्टीले आयोजना गरेको सभास्थलमा आज साँझ केहीबेर तनाव भएको छ।

कार्यक्रमस्थलमा ढुंगा प्रहार भएपछि स्थिति तनावपूर्ण बनेको हो।  स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्याँस प्रहार गरेको छ।

त्यसक्रममा एक प्रहरी र अन्य तीन जना घाइते भएका जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन जनालाई नियन्त्रणमा लिएको छ ।

घटनापछि राजपा नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतोलगायत भैरहवातर्फ लागेका छन् । अहिले अवस्था सामान्य बनेको प्रहरीले जनाएको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell