PahiloPost

Apr 20, 2025 | ७ बैशाख २०८२

भक्तपुरको यति कार्पेट उद्योगमा भीषण आगलागी, आठ घन्टादेखि नियन्त्रणको प्रयास जारी



सविन ढकाल

भक्तपुरको यति कार्पेट उद्योगमा भीषण आगलागी, आठ घन्टादेखि नियन्त्रणको प्रयास जारी

काठमाडौँ: भक्तपुरको सल्लाघारी नजिकैको इटापाखास्थित यति कार्पेट उद्योगको गोदाममा शनिबार रातिदेखि सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। शनिबार राति करिव ११ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयास आठ घन्टादेखि जारी छ। 

जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले आगलागी इतिहासकै सवैभन्दा ठूलो भएको बताए। भट्टराईका अनुसार जुद्ध वारुणसहित उपयत्यकाका सवै दलकल आगलागी नियन्त्रणका लागि परिचालित छन्।  आगलागी नियन्त्रणका लागि आठवटा दममल प्रयोग गरिएका छन्। 

आगलागी नियन्त्रणका लागि सेना, प्रहरी तथा स्थानीयको प्रयास जारी छ।

विद्युत सप्लाइमा भएको समस्याका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। ठूलो क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

तस्बिर : किशोर भट्टराई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell