PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नौ घन्टाको प्रयासमा यति कार्पेटको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी



पहिलोपोस्ट

नौ घन्टाको प्रयासमा यति कार्पेटको आगलागी नियन्त्रणमा, क्षतिको विवरण आउन बाँकी

काठमाडौँ: लगातार नौ घन्टाको प्रयासपछि भक्ततपुरको इटापाखास्थित यति कार्पेट उद्योगको गोदामको आगलागी नियन्त्रणमा आएको छ। आठवटा दमकल, सेना, प्रहरी तथा स्थानीयको प्रयासमा आगलागी नियन्त्रणमा आएको हो। आगलागी नियन्त्रणमा आए पनि क्षतिको विवरण भने आइसकेको छैन। 

जुद्ध वारुण यन्त्रका प्रमुख किशोर भट्टराईले ठूलो रुपमा लागेको आगो नियन्त्रणमा आएको बताए। तर, केमिकल फ्याक्ट्री भएका कारणले उद्योगको भित्री स्थानमा केही आगो हुनसक्ने भट्टराईले बताए। 

शनिबार राति ११ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणका लागि नौ घन्टा लागेको थियो।  

जुद्ध वारुण यन्त्रसहित उपयत्यकाका सवै दलकल आगलागी नियन्त्रणका लागि परिचालित थिए। विद्युत सप्लाइमा भएको समस्याका कारण आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell