PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

सिरिया द्वन्द्व समाधानका लागि जुलाइ १० मा जेनेभामा वार्ता हुने



पहिलोपोस्ट

सिरिया द्वन्द्व समाधानका लागि जुलाइ १० मा जेनेभामा वार्ता हुने

जेनेभा: संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा हुने नयाँ चरणको सिरिया शान्ति वार्ता आगामी जुलाई १० मा जेनेभामा हुने सिरियाका लागि राष्ट्रसङ्घका प्रतिनिधि स्टेफन डे मिस्टुँराले बताएका छन्।

सिरियामा सन् २०११ देखि सुरु भएको छ वर्ष लामो द्वन्द्व अन्त्य प्रयासमा निराशा देखिएका बेला राष्ट्रसङ्घको यो निर्णय आएको हो।

राष्ट्रसङ्घ प्रतिनिधि मिस्टुराले सिरिया द्वन्द्वबारे थप वार्ता अगस्ट र सेप्टेम्बरमा सुरु गर्नेसमेत योजना भएको जानकारी गराए। सिरियाबारे संवैधानिक र कानुनी विषयका साथै वार्ताको औपचारिक सत्र जुलाइमा बोलाइने उनले बताए।

यसअघि राष्ट्रसङ्घको शान्तिवार्ता मे १९ मा सकिएको थियो र सो वार्तामा सत्ताधारी दल र विद्रोही पक्षबीच राष्ट्रपति बसर अल असदको भविष्यसहित प्रमुख विषयमा ठूलो अन्तर देखिएपछि वार्ता स्थगित भएको थियो।

विद्रोहीले वर्तमान राष्ट्रपतिले सत्ताको नेतृत्व छाड्नुपर्ने कुरालाई प्रमुख विषय बनाउँदै आएका छन् भने सरकारले यो मागलाई अस्वीकार गर्दै आएको छ।

सिरियामा छ वर्ष लामो द्वन्द्वका कारण तीन लाख २० हजार नागरिकको मृत्यु भइसकेको राष्ट्रसङ्घको तथ्याङ्क छ। साथै द्वन्द्वबाट मुलुकको झन्डै आधा जनसङ्ख्या विस्थापित बनेको छ भने राष्ट्रव्यापी रुपमा ठूलो सङ्ख्यामा भौतिक संरचना ध्वस्त भएको छ। रासस÷एएफपी



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell