PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

अमेरिकी नयाँ प्रतिबन्धले सम्बन्धमा समस्या ल्याउने पुटिनको भनाइ



रासस

अमेरिकी नयाँ प्रतिबन्धले सम्बन्धमा समस्या ल्याउने पुटिनको भनाइ
फोटो श्रोतःusatoday.com

रसियाः रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी सिनेटबाट पारित भएको एसियामाथि नयाँ प्रतिबन्ध लगाउने निर्णयले दुई देशको सम्बन्धमा जटिलता आउने बताएका छन्।  

रोसिया–१ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा राष्ट्रपति पुटिनले अमेरिकी सिनेटको यो निर्णयले रसिया–अमेरिकाबीचको सम्बन्धलाई थप जटिल बनाउने बताएका हुन्। 

उनले भने “मलाई लाग्छ यो हानिकारक हुनेछ। यद्यपि यसबारे अमेरिकी आधिकारिक प्रतिक्रिया नआउँदासम्म कुरा गर्नु अपरिपक्वता हुन्छ।” 

पुटिनले अमेरिकी प्रतिबन्धले रसियालाई ‘गतिरोध वा विनास’ केही नहुने बताए। पछिल्लो घटनाले अमेरिकी राजनीतिलाई थप सङ्घर्षपूर्ण बनाउने पुटिनको दाबी थियो। 

बिहीबार अमेरिकी सिनेटले निर्वाचनमा रसियाको हस्तक्षेप गरेको आरोपमा कडा प्रतिबन्ध लगाउने विषयलाई जबर्जस्त ढङ्गले पास गरेको थियो। यो विषय अब अमेरिकी प्रतिनिधिसभामा गएको छ। रासस/एएफ्पी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell