PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

इलाममा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बेपत्ता



रासस

इलाममा माओवादी केन्द्रका वडा अध्यक्षका उम्मेदवार बेपत्ता

इलामः इलाम नगरपालिका–१२ का नेकपा माओवादी केन्द्रका  वडा अध्यक्षका उम्मेदवार नारायण राई दुई दिनदेखि बेपत्ता भएका छन्। 

माओवादीले शनिबार आयोजना गरेको आमसभाको तयारीका लागि शुक्रबार नै घरबाट निस्किएका राई सम्पर्कविहीन छन्। 

बेपत्ता राईको खोजीका लागि जिल्ला प्रहरी कार्यालय र जिल्ला निर्वाचन कार्यालयमासमेत जानकारी गराइएको माओवादी केन्द्र, इलामका सचिवालय सदस्य जीवन शर्माले जानकारी दिए। 

उनको खोजीका लागि वाइसिएलसमेत परिचालन गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell