PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

कपिलवस्तुमा मनोनयनमा अवरोध गर्ने राजपा कार्यकर्ता पक्राउ



पहिलोपोस्ट

कपिलवस्तुमा मनोनयनमा अवरोध गर्ने राजपा कार्यकर्ता पक्राउ

कपिलवस्तुः कपिलवस्तुमा उम्मेदवार मनोनयनमा अवरोध पुर्याउने राष्ट्रिय जनता पार्टीका एक दर्जन नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ।
मनोनय दर्ता प्रकृयामा अवरोध पुर्याएको भन्दै प्रहरीले राजपा कार्यकर्तालाई विभिन्न स्थानबाट पक्राउ गरेको हो।

पक्राउ पर्नेमा राजपाका जिल्ला संयोजक कैलाश अग्रहरी, राहुल सिंह, रविन्द्रनाथ मिश्र, कालीपद शर्मा, सन्तराम अग्रहरी, बलाराम तिवारी, राजु मुसलमान, इरफान मुसलमान, हरिप्रसाद पाण्डे, इन्तियाज अहमद र हरिशप्रसाद पाण्डे छन् ।

जसमध्ये जिल्ला संयोजक अग्रहरी र राहुल सिंहलाई भने गएराति नै प्रकाउ गरिएको प्रहरीले जनाएको छ ।

कपिलवस्तुका १० वटै स्थानीय तहमा शान्तिपूर्णरुपमा मनोनयन दर्ता भइरहेको छ। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell