PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

‘ग्रेनफेल टावर’आगलागीमा हराएका सवै मारिएको आशंका



रासस

‘ग्रेनफेल टावर’आगलागीमा हराएका सवै मारिएको आशंका
फोटो श्रोतः irishtimes.com

लण्डनः बेलायतको लण्डनस्थित आवासीय भवन ‘ग्रेनफेल टावर’मा भएको आगलागीमा परी हराएका सवै मारिएको आशङ्का गरिएको छ। 

हराएका सवै मारिएका भए मृतकको सङ्ख्या ५८ पुग्ने लण्डन प्रहरीले जनाएको छ। एक प्रहरी कमाण्डरका अनुसार यसअघि नै घटनामा मारिएका व्यक्तिको सङ्ख्या ३० पुगिसकेको छ। 

बीबीसीले मृत्यु हुनेहरुको सङ्ख्या ७० जनाको हाराहारीमा हुन सक्ने एउटा रिपोर्टमा जनाएको छ। 

ग्रेटफेल टावर लण्डनको पश्चिमी क्षेत्रमा पर्दछ। यो सन् १९७० को दशकमा बनेको हो। पटक पटक गरेर त्यसमा अहिले १२० वटा घरहरु गाभिएका छन् । टावरमा गत बुधबार राति आगलागी भएको थियो।रासस/सिन्ह्वा
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell