PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

यसरी व्यक्त गरे प्रियंका र आयुष्मानले एकअर्काको सफलताको खुसी, हेर्नुस् फोटो



पहिलोपोस्ट

यसरी व्यक्त गरे प्रियंका र आयुष्मानले एकअर्काको सफलताको खुसी, हेर्नुस् फोटो

काठमाडौं: शनिबार काठमाडौंको हयात होटलमा आयोजित पाँचौ एनएफडिसी फिल्म अवार्डमा २०७३ को ब्लकबस्टर फिल्म छक्कापजा उत्कृष्ट घोषित भयो। फिल्मकै तर्फबाट प्रियंका कार्कीले उत्कृष्ट अभिनेत्रीको पुरस्कार हात पारिन् भने चपली हाइट दुईबाट आयुष्मान देशराज जोशीले उत्कृष्ट नव अभिनेताको उपाधी हात पारे।

मनोनयनमा परेका प्रियंका र आयुष्मान दुबै अवार्ड घोषणाको अवसरमा आ-आफ्नो परिवारसँग उपस्थित थिए। केहि समययता प्रेम सम्बन्धमा रहेको यो जोडीले अवार्ड कार्यक्रममा पनि एकअर्का प्रतिको प्रेम, सम्मान र एक अर्काको सफलता प्रतिको सम्मान खुलेर व्यक्त गरे। अवार्ड ग्रहण गर्दै आयुष्मानले भने,'म मेरो परिवारलाई र प्रेमिकालाई धन्यवाद दिन चाहन्छु।' फिल्म चपली हाइट २ मा भने उनले आफ्नो पूर्व प्रेमिका परिमिता राणासँग अन स्क्रिन रोमान्स गरेका थिए।

प्रियंकाले पनि अवार्ड ग्रहण गरे लगत्तै आफ्नी आमा र आयुष्मानको परिवारसँग खुशी साटिन्। आयुष्मानले उनलाई उचालेर चुम्बन गर्दा उनीहरु कार्यक्रमको केन्द्रमा रहे। प्रियंका र आयुष्मानले प्रेम व्यक्त गरेको क्षण यसरी कैद भएक छन्।













 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell