PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

विदेशबाट आउने कफिनको कथा फिल्म 'सामान'मा



पहिलोपोस्ट

काठमाडौं: नाट्यकर्मी विजय बिस्फोटको निर्देशन रहेको लघु फिल्म 'सामान'को विशेष प्रदर्शन सहित भएको छ। पत्रकार महासंघका अध्यक्ष डा.महेन्द्र बिष्ट ,सर्वनाम थिएटरका अध्यक्ष अशेष मल्ल, वैदेशिक रोजगार व्यवसायी संघका प्रथम उपाध्यक्ष कुमोद कोइराला, नाट्यकर्मी महासंघका सचिब जेबि डिसी र दोलखा गौरी शंकर गाउँ पालिकाको उपप्रमुख उर्मिला थामीको उपस्थितिमा प्रदर्शन भएको हो।

खाडी मुलुकहरुबाट नेपाल ल्याइने कफिनहरु र विदेशी भुमिबाट लासलाई नेपाल ल्याउने सम्मको कानुनि, प्रशासनिय प्रक्रिया फिल्मको मुख्य विषय हो। त्यही विषय भित्र रहेका समस्या चुनौती बारे सरकारको ध्यानाकर्षण गराउँदै विश्वव्यापी बहस सुरु गराउनु फिल्मको मुख्य उदेश्य रहेको निर्माण युनिटले जनाएको छ।



फिल्म 'सामान'मा यसबी शाही, ज्योति राइ, शंकर मैनाली, रोहानी लामा, दिलिप खड्का, राज भट्टराई, सरस्वति अधिकारी, नरेश भुर्तेल, सरिता शाह, कृष्ण शर्मा, कमल गिरी लगायत कलाकारको अभिनय रहेको छ। कुमारराज शर्माको निर्माणमा तयार भएको फिल्मको कथा/पटकथा निर्देशक विजय बिस्फोटकै रहेको छl



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell