PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

कपिलवस्तुको बाणगंगामा बम विष्फोट, १० जना घाइते



पहिलोपोस्ट

कपिलवस्तुको बाणगंगामा बम विष्फोट, १० जना घाइते

कपिलवस्तुः कपिलवस्तुको बाणगंगा नगरपालिका ४ गजेहडामा आज दिउसो बम विष्फोट भएको छ।

प्रमुख निर्वाचन अधिकृतको कार्यालय अगाडि मनोनयन दर्तालाई प्रभावित पार्ने गरी बम विष्फोट गराइएको हो। 

दिउसो साढे एक बजेतिर भएको बम विष्फोटमा परी दश जना घाइते भएका कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले पहिलो पोस्टलाई जानकारी दिए।

नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न गइरहेको बेला विष्फोट भएको थियो।

मनोनयन दर्ता गर्ने स्थान भन्दा केही पर एक जनाले पुरानो साइकल लिएर राखेको र केहीबेरमा नै साइकलमा राखिएको पदार्थ विष्फोट भएको प्रजिअ ढकालले बताए।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताले बम विष्फोट गराएका आशंका गरिएको छ। प्रहरी घटनाकाबारेमा अनुसन्धान सुरु गरेको छ। घाइतेहरुको कपिलवस्तुका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell