PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

दक्षिण कोरियामा पहिलो पटक महिला विदेश मन्त्री नियुक्त



रासस

दक्षिण कोरियामा पहिलो  पटक महिला विदेश मन्त्री नियुक्त
फोटो श्रोतःbloomberg.com

सोलः दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इनले काङ क्युङलाई विदेश मन्त्रीमा नियुक्त गरेका छन्।

संयुक्त राष्ट्रसङ्घमा जिम्मेवारी सम्हालेर कुटनीतिक मामिलाकी अनुभवी क्युङ दक्षिणी कोरियाको पहिलो महिला विदेश मन्त्री बनेकी हुन् । 

उत्तर कोरियासँगको सम्बन्ध सुधार्नका लागि सजिलो हुने अपेक्षासहित ६२ वर्षीया क्युङलाई आइतबार राष्ट्रपति मुन जाए इनले विदेश मन्त्रीमा नियुक्त गरेका हुन्।

राष्ट्रपतिमा निर्वाचित भएपछिको पहिलो भ्रमण र भेटवार्ताका लागि अमेरिका जाँदा मुनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उत्तर कोरियाको हतियारकाबारेमा कुराकानी गर्नु अघिनै क्युङलाई विदेश मन्त्री बनाउने बताएका थिए। 

राष्ट्रसङ्घको जिम्मेवारी लिनु अघि काङले दक्षिण कोरियाको विदेश मन्त्रालयमा सेवा गरेकी थिइन्। 

उनको यही विभिन्न अनुभवका कारण छिमेकी मुलुकसँगको सम्वन्ध सुधार्नका लागि उनीबाट धेरै सहयोग हुने अपेक्षा गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell