PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

बन्द सफल भएको राजपाको दावी, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग



पहिलोपोस्ट

बन्द सफल भएको राजपाको दावी, पक्राउ परेका नेता कार्यकर्ता रिहा गर्न माग

काठमाडौंः राष्ट्रिय जनता पार्टी नेपालले आज मधेश थरुहट क्षेत्रमा आह्वान गरेको बन्दको कार्यक्रम पुर्णरुपमा सफल भएको दाबी गरेको छ।
राजपाले विज्ञप्तीमार्फत बन्दको कार्यक्रम शान्तिपुर्ण रुपमा सफल भएको दाबी गरेको हो।

शनिबार राजपाले नवलपरासीमा आयोजना गरेको आमसभामा प्रहरीले अन्धाधुन्द गोली र अश्रुग्याँस प्रहार गरी दमन गरेको भन्दै त्यसको विरोधमा आज तराई मधेसका जिल्ला बन्द आह्वान गरेको थियो।

राजपाले कैलालीको धनगढीमा सरिता चौधरी, फोनीराम चौधरीलगायतका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको जनाएको छ।

त्यस्तै, बर्दिया, बाँके, कपिलवस्तु, सुनसरी, पर्सा, मोरङलगायतका जिल्लामा दर्जनौं कार्यकर्ता पक्राउ परेका जनाएको छ।

उसले मतदातालाई पक्राउ गरी थुनामा राखेर उम्मेदवार मनोनयन दर्ता गर्ने कार्यक्रम संचालन गर्नु लोकतन्त्रको उपहास भएको भन्दै सरकारको कदमको विरोध गरेको छ । राजपाले आफ्ना पक्राउ परेका नेता कार्यकर्ताको विनाशर्त तत्काल रिहाइको माग गरेको छ ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell