PahiloPost

Mar 7, 2025 | २३ फागुन २०८१

सहरी विकासमन्त्री साहद्वारा पदभार ग्रहण, सरकारी कार्यालय भवनको अध्ययन गर्न समिति गठन



रासस

सहरी विकासमन्त्री साहद्वारा पदभार ग्रहण, सरकारी कार्यालय भवनको अध्ययन गर्न समिति गठन

काठमाडौंः सहरी विकासमन्त्री प्रभु साहले आज पदबहाली गरेका छन्। 

जेठ २४ गते शपथ लिएका मन्त्री साहले प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार सो मन्त्रालयको जिम्मेवारी दिएपछि आज पदबहाली गरेका हुन्।

पदबहाली गरेसँगै मन्त्री साहले प्रदेशस्तरमा सरकारी कार्यालय भवनको आवश्यकता पहिचान र मापदण्ड पहिचानबारे अध्ययन गर्न मन्त्रालयका सहसचिव रमेश सिंहको नेतृत्वमा सात सदस्यीय समिति गठन गर्ने निर्णय गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell