PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

मुम्बर्इको बेश्यालयमा १७ हजारमा महिला बेच्ने रामबहादुर तामाङ ३३ वर्षपछि पक्राउ



पहिलोपोस्ट

मुम्बर्इको बेश्यालयमा १७ हजारमा महिला बेच्ने रामबहादुर तामाङ ३३ वर्षपछि पक्राउ

काठमाडौंः  जिउ मास्ने बेच्ने मुद्दामा अदालतले १५ बर्ष कैद सजाय सुनाएका नुवाकोट साल्मे ५ स्थायी घर भई हाल चितवनको खैरेनी  बस्ने रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोको टोलीले तामाङलाई  ३३ वर्षपछि शनिवार चितवनको खैरनीबाट पक्राउ गरेको हो।  

तामाङले २०४८ पुस २१ मा  धादिङकी सीतादेवी (नाम परिर्वतन) लार्इ विवाहको बहाना गरी भारतको मुम्बइस्थित बेश्यालयमा १७ हजार रुपैंयामा विक्री गरेको पुष्टि भएको थियो।

उनीसगै फरार रहेका शिवराज श्रेष्ठ र तामाङलार्इ धादिङ जिल्ला अदालतले ज्यान मार्ने मुद्धामा १५ वर्ष कैद र १७ हजार जरिवानाको सजाय सुनाएको छ।
उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell