PahiloPost

Jun 17, 2025 | ३ असार २०८२

प्रचण्डलाई भेटेर भवानी राणाले भनिन्– तपाईँकै नेतृत्वमा देशको समृद्धि हेर्न चाहन्छु 



पहिलोपोस्ट

प्रचण्डलाई भेटेर भवानी राणाले भनिन्– तपाईँकै नेतृत्वमा देशको समृद्धि हेर्न चाहन्छु 

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा र उपाध्यक्ष चन्द्र ढकालले भेट गरेका छन्।

सोमबार दिउसो प्रचण्ड निवास लाजिम्पाटमा भएको भेटमा उद्योग वाणिज्य महासंघका पदाधिकारीले प्रचण्डको प्रधानमन्त्रीकालमा निजी क्षेत्रले निकै ठूलो उत्प्रेरणा र हौसला प्राप्त गरेको बताए।

भेटमा अध्यक्ष राणाले प्रचण्डको प्रधानमन्त्रीकाल नेपालको समृद्धि र विकासका लागि नमूनायोग्य रहेको उल्लेख गर्दै निजी क्षेत्रले प्रचण्डकै नेतृत्वमा देशको समृद्धि अगाडि बढेको हेर्न चाहेको बताइन्। 

त्यसैगरी, महासंघका उपाध्यक्ष ढकालले प्रचण्डको कार्यकालमा राष्ट्रिय गौरवका आयोजनाहरुमा तिब्रता आउनु, लोडसेडिङको अन्त्य हुनु र आर्थिक वृद्धिदर गुणात्मक रुपमा बढ्नु निजी क्षेत्रका लागि निकै सुखद् विषय भएको बताए।

भेटमा अध्यक्ष प्रचण्डले आफूले निकै मेहेनत गरेर नै देशमा लोडसेडिङको अन्त्य, तीव्र आर्थिक वृद्धिदर, मूल्य वृद्धि नियन्त्रण, बन्द, हड्ताल नहुने वातावरणको सिर्जना र विकास आयोजनाहरुले तीव्रता पाएको बताए।

आर्थिक विकास र समृद्धिका लागि राजनीतिक स्थिरता महत्वपूर्ण रहेको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीमा नरहेपनि नेपालको विकास र प्रगतिका लागि आफ्नो निरन्तर पहल रहने बताए ।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell