PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

निशा र शरद ओशो तपोवनमा सँगै भेटिए

निशा र शरद ओशो तपोवनमा सँगै भेटिए

पहिलोपोस्ट /पहिलोपोस्ट


आफ्नो सम्बन्धलाई चर्चाको विषय बनाउन नचाहने अभिनेत्री निशा अधिकारी र क्रिकेटर शदर भेषावकरको हरेक गतिविधिमा फ्यानको चासो छ। त्यसैले उनीहरुको अफेयर वा ब्रेक अप दुवै खाले खबरका लागि फ्यानहरु तयार भएर बसेका हुन्छन्। 

केही अघि ब्रेक अपको हल्लाको सिकार भएका निशा र शरदको प्रेम बिहेको गसिपतिर केन्द्रित भइरहेको छ अहिले। नहोस् पनि किन फेरि यो जोडी सार्वजनिक ठाउँमा देखिन थालेका छ।

हिजोमात्र यो जोडी ओशो तपोवन पुग्यो। स्वामी आनन्द अरुणको जन्मदिन थियो, नेतादेखि सेलिब्रिटीसम्म उनलाई शुभकामना दिन पुगेका थिए। त्यहाँ पुगेपछि ध्यान नहुने त कुरै भएन। शरद र निशा पनि ध्यानमा जुटे। ध्यानमा उनीहरुसँगै थिए। ध्यानमा साथसाथै भएको यो प्रकरणपछि गसिपले कुन मोड लिन्छ त्यो चै भन्न सकिन्न।

*फोटोहरु ओसोको फेसबुक पेजबाट लिएका हौं।
 


ट्रेन्डिङ पोस्ट

Ncell