PahiloPost

Jul 18, 2025 | ३ साउन २०८२

पोर्चुगलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो



रासस

पोर्चुगलमा आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुग्यो
फोटो श्रोतः irishtimes.com

पोर्चुगलः पोर्चुगलको मध्यभागमा पर्ने एउटा जङ्गलमा भएको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ५७ पुगेको छ। 

घटनामा अन्य कैयौँ घाइते भएका सरकारी अधिकारीले जानकारी दिएका छन्।

मृत्यु भएका मध्ये अधिकांश कारभित्रै जलेका थिए भने घाइते हुनेमा अग्नीनियन्त्रकसमेत रहेका छन्। 

आगलागी नियन्त्रणका लागि करिब छ सय अग्नीनियन्त्रक र १६० भन्दाबढी सवारीसाधन परिचालन गरिएको छ। 

लिस्बोनबाट करिब १५० किलोमिटर उत्तरपूर्वमा रहेको लैरीया जिल्लाको पेद्रोगाओ ग्रान्दे क्षेत्रबाट शनिबार अबेर आगलागी सुरु भएको अधिकारीहरुले बताएका छन्। 

घटनापछि प्रधानमन्त्री इन्टोनिओ कास्टोले आफूहरुले त्रासदी र वियोगको सामना गरिरहेको बताएका छन्। 

गृह मन्त्रालयका सचिव जर्ज गोम्सले आगलागीमा परेर ५७ जनाको मृत्यु भएको र अरु ५९ जना घाइते भएको जानकारी दिए। 

पोर्चुगलका अधिकांश स्थानमा हाल ४० डिग्री सेल्सियसको हाराहारीमा तापक्रम रहेकाले अत्याधिक गर्मी भई सजिलै आगलागी हुने गरेको छ। गतवर्ष पनि करिव एक लाख हेक्टर क्षेत्रफलको जङ्गलमा आगलागी भएको थियो। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell