PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अफगानिस्तानमा दुई पाकिस्तानी कुटनीतिज्ञ बेपत्ता



रासस

अफगानिस्तानमा दुई पाकिस्तानी कुटनीतिज्ञ बेपत्ता

इस्लामाबादः अफगानिस्तानमा रहेको पाकिस्तानको वाणिज्य दूतावासका दुई कूटनीतिज्ञ गत शुक्रबारदेखि बेपत्ता भएका पाकिस्तानले पुष्टि गरेको छ। 

पाकिस्तान विदेश मन्त्रालयका अधिकारीका अनुसार सडकमार्गबाट पाकिस्तान फर्किने क्रममा बीच बाटोबाट उनीहरु वेपत्ता भएका हुन्। 

ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा पत्ता लगाईदिन पाकिस्तानी विदेश मन्त्रालयले अफगान अधिकारीसँग अनुरोध गरेको विदेश मन्त्रालयका प्रवक्ताले जानकारी दिएका छन्। 

अफगान अधिकारीले ती कूटनीतिज्ञलाई सुरक्षितरुपमा फेला पार्ने कोसिस जारी रहनुको साथै घटनाको अनुसन्धान सुरु भएको पाकिस्तान सरकारलाई जानकारी दिएका छन्। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell