PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

अस्थायी शिक्षक आमरण अनशनमा, स्थायी गर्न माग 



रासस

काठमाडौँः संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले सामान्य प्रक्रियाबाट स्थायी गर्नुपर्ने माग गर्दै आमरण अनशन थालेको छ। 

देशभरका ३० हजारभन्दा बढी अस्थायी शिक्षकले विभेदकारी विज्ञापन खारेज गरी अहिले कार्यरत आफ्नो कोटामा आफैँले परीक्षा दिन पाउने गरी विज्ञापन खुलाउनुपर्ने माग राख्दै शुक्रबारदेखि आमरण अनशन सुरु गरेका हुन्। 

आमरण अनशन बस्ने अस्थायी शिक्षकमा पर्साका किसुनप्रसाद यादव, गोरखाका जितबहादुर गुरुङ, बझाङकी कमलावती जोशी, पर्साकी सुलेखादेवी कायस्थ र बाजुराकी कलु केसी छन्। 

जुम्लाबाट काठमाडौँ आई आन्दोलनमा सहभागी भएकी शान्ति शाही राज्यले अस्थायी शिक्षकलाई विभेद गरेको बताउँछिन्। 

उनले भनिन्“२०÷२५ वर्षदेखि अस्थायीरुपमा पढाउँदै आएका शिक्षकलाई राज्यले अहिले आएर अयोग्य भन्न मिल्छ ? अयोग्य भए हामीलाई किन अध्यापन अनुमतिपत्र दियो ?” 
माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने संयुक्त अस्थायी शिक्षक केन्द्रीय सङ्घर्ष समितिले जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell