PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

नक्कली सिआइवी सक्कली प्रहरीको फन्दामा



पहिलोपोस्ट

नक्कली सिआइवी सक्कली प्रहरीको फन्दामा

काठमाडौं : 'सिआइवी प्रहरी हुँ' भन्दै उपत्यकाभित्र ठगी र अपहरण धन्दा मच्चाउने गिरोहलाई प्रहरीले पक्रेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले गिरोहलाई राजधानीका विभिन्न स्थानबाट पक्रेको हो।

पक्राउ पर्नेमा रामेछाप गौस्वार ४ घर भइ हाल काठमाडौं पूरानो बानेश्वर बस्ने  कुविन भन्ने कुलबहादुर थापा मगर, दाङ सैपा ६ का ३१ वर्षीय कुमानन्द भन्ने कोमानन्द खड्का, भोजपुर छिनामखु २ स्थायी ठेगाना भइ हाल भक्तपुर बस्दै आएका ३१ वर्षीय नविन कुमार राई  र दाङ घोराई ३ की १९ वर्षीया शुरु केसी भनिने असिका परियार रहेका छन्। 

जेलभित्र नै ठगीको योजना

अपहरण तथा शरीर बन्धक केसमा पक्राउ परेका कोमानन्द र नविनले  कारागारमा हुँदा नै अपराधको योजना बनाएको खुल्न आएको छ। कारागारबाट फरार भएपछि उनीहरुले १९ वर्षीय युवतीको सहयोगमा राजधानीमा व्यापारी, कर्मचारीलाई अपहरण गरी रकम असुल्ने गरेको खुलेको हो। 

गिरोहले युवतीहरुको प्रयोग गरेर विभिन्न व्यक्तिहरूलार्इ ‘होनीट्रोप’ मा पारी अपहरण तथा शरीर बन्धक बनाई यातना तथा कुटपिट गरी फिरौती लिने गरेको थियो। साथै गिरोहले सिआइबीका उच्च पदका कर्मचारी हौँ भन्दै हतकडी लगाएर पेस्तोलले मार्ने धम्की दिने गरेको थियो।

कहिले के अपराध?

गिरोहले गत वर्षमात्रै अमेरिकन दूतावासको कर्मचारी, सिन्धुलीका निर्माण व्यवसायी, न्यूरोडका एक ब्यापारीको अपहरण र सिपाको कन्टेनर व्यवसायी अपहरणमा संलग्न रहेको प्रहरीको दावी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell