PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

१५ हजार ३८ पदमा शान्तिपूर्ण मनोनयन : निर्वाचन आयोग



पहिलोपोस्ट

१५ हजार ३८ पदमा शान्तिपूर्ण मनोनयन : निर्वाचन आयोग

काठमाडौं : निर्वाचन आयोगले ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहमा उत्साहपूर्ण रुपमा उम्मेदवारी मनोनय दर्ता सम्पन्न भएको जनाएको छ। 
आयोगले मनोनयन पत्र दर्ताका लागि तोकेको समय बिहान ८ बजेदेखि दिउँसो ४ बजे सम्मकको अवधिमा राजनीतिक दलहरुले मर्यादित रुपमा उम्मेद्वारी दर्ता गर्दा मनोनयन शान्तिपूर्ण भएको आयोगले विज्ञप्तिमार्फत् बताएको हो। 

'यही असार १४ गते बुधवार दोस्रो चरणमा निर्वाचन हुने प्रदेश नं. १, ५ र ७ का ३५ जिल्लाका ३ सय ३४ स्थानीय तहको निर्वाचनका लागि आज भएको उम्मेदवारी मनोनयन पत्र दर्ता कार्य राजनीतिक दलहरुको सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ,' आयोगले विज्ञप्तिमा भनेको छ, 'आज बिहान ८ बजेदेखि  अपरान्ह ४ बजेसम्म सञ्चालन भएको मनोनयनपत्र दर्ता गर्ने कार्यक्रममा राजनीतिक दलका प्रतिनिधि तथा उम्मेद्वारले मर्यादित तथा व्यवस्थित तरिकाबाट निर्वाचन अधिकृतको कार्यालयमा पुगी उम्मेद्वारी दर्ता गराउनुभयो।' 

आयोगले दोस्रो चरणमा निर्वाचन हुने तीन प्रदेशका ३५ जिल्ला बाट १५ हजार ३८ जना जनप्रतिनिधि निर्वाचित हुने जनाएको छ। दोस्रो चरणको स्थानीय तह निर्वाचनमा ३ सय ३४ स्थानीय तहमा ६४ लाख ३२ हजार ७६५ मतदाता छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell