PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

मनोनयन रोक्न असफल राजपाले मनोनयन फिर्ता र भोट हाल्ने दिन बन्द गर्ने



पहिलोपोस्ट

मनोनयन रोक्न असफल राजपाले मनोनयन फिर्ता र भोट हाल्ने दिन बन्द गर्ने

काठमाडौं : राष्ट्रिय जनता पार्टीले आगामी १४ गते हुने दोस्रो चरणको स्थानीय तह निर्वाचन प्रभावित पार्न त्यही दिन मधेश थरुहट बन्द आह्वान गरेको छ। आज उम्मेदवारको मनोनयन दर्ता प्रक्रिया रोक्न बन्द आह्वान गरेर असफल भएको राजपाले १४ गते पनि त्यही बन्द दोहोर्यारउन लागेको हो। 

राजपाले आगामी दिनमा निर्वाचन सम्बन्धी सबै कार्यक्रममा अवरोध गर्ने कार्यक्रम सार्वजनिक गरेको छ। राजपाले त्यसका लागि भोलिदेखि नै उम्मेदवारी फिर्ता गराउन उम्मेदवारलाई दवाव दिने जनाएको छ। 

६ बुँदे विरोधका कार्यक्रम सार्वजनिक गरेको राजपाले सरकारसँग भने आजको बन्दका क्रममा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाइको माग गरेको छ। 

उसले भोलिदेखि आज दर्ता गराएका सबै उम्मेदवारलाई मनोनयन फिर्ता लिन दवाव दिने निर्णय गरेको छ। 
राजपाले आगामी १० गतेदेखिको पूर्वघोषित अनिश्चितकालिन आमहड्ताल भने फिता लिँदै १४ गते भोट हाल्ने दिन मात्र बन्द गरेको हो।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell