PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

झिसमिसे उज्यालोमै बालुवाटार सरे प्रधानमन्त्री देउवा



पहिलोपोस्ट

झिसमिसे उज्यालोमै बालुवाटार सरे प्रधानमन्त्री देउवा
तस्बिर : फाइल

काठमाडौँ: प्रधानमन्त्रीमा निर्वाचित भएको दुई सातापछि प्रधानमन्त्री शेरबहादुर देउवा सरकारी निवास बालुवाटार सरेका छन्। जेठ २३ गते प्रधानमन्त्रीमा निर्वाचित भएका देउवा सोमबार बिहान ५ः२० बजेको साइतमा बालुवाटार सरेको उनको निजी सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पनि देउवा निवास बुढानिलकण्ठमा बस्दै आएका थिए। 

सरकारी निवासको रङरोगन र मर्मतपछि देउवा सोमबार झिसमिसमै बालुवाटार सरेका हुन्। प्रधानमन्त्री निर्वाचित भएसँगै सरकारी निवास सर्ने प्रचलन भए पनि देउवा १४ दिनपछि सरकारी निवास सरेका हुन्। यसअघि ज्योतिषले निवास सर्ने उपयुक्त साइत नभएको बताएपछि निवास नसरेको चर्चा थियो।

सचिवालयका केही कर्मचारसँगै सोमबार मिरमिरे उज्यालोमा प्रधानमन्त्री सरकारी निवास प्रवेश गरेका हुन्। सरकारी निवास प्रवेशसँगै हिन्दु परम्पार अनुसार पूजा गरिएको छ।

प्रधानमन्त्री सर्नुअघि सात वर्षदेखि हुन नसकेको सरकारी निवासको मर्मत र रङरोगन समेत गरिएको छ। सरसफाई र पेन्टिङका कारण पनि निवास सर्न केही ढिला भएको सचिवालयको भनाई छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell