PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बस्दै



पहिलोपोस्ट

प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बस्दै

काठमाडौँ: सर्वोच्चमा रिक्त प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दैछ। गत शुक्रबार अन्तिम समयमा स्थगित भएको बैठक आज बिहान १० बजेका लागि बोलाइएको छ। न्याय परिषदको रोष्टर अनुसार भावी प्रधानन्यायाधीश सिफारिस संवैधानिक परिषदको एजेण्डा छ।

जेठ २४ गते प्रधानन्यायाधीश सुशीला कार्कीले अवकाश पाएपछि न्यायलयको सर्वोच्च प्रशासन कायम मुकायमको भरमा छ। कायम मुकायम प्रधानन्यायाधीशका रुपमा वरिष्ठतम न्यायाधीश गोपाल पराजुलीले गरिरहेका छन्।

न्याय परिषदले जेठ ३० गते प्रधानन्यायाधीशका लागि योग्यता पुगेका ६ जना न्यायाधीशको नाम संवैधानिक परिषदमा पठाएको थियो। रोष्टरमा नाम सामेल भएकामध्ये न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठले अवकाश पाइसकेका छन्।

अब वरिष्ठतम न्यायाधीश पराजुली, न्यायाधीशहरु दीपकराज जोशी, ओमप्रकाश मिश्र, चोलेन्द्रशमशेर जबरा, जगदिश शर्मा पौडेलमध्येबाट प्रधानन्यायाधीश सिफरिस हुनेछ।

प्रचलन अनुसार वरिष्ठतम न्यायाधीशलाई प्रधानन्यायाधीशमा सिफारिस गर्ने परम्परा छ। परम्परा अनुसार सिफारिस भएमा न्यायाधीश पराजुली भावी प्रधानन्यायाधीशमा सिफारिस हुनेछन्।

सिफारिस प्रधानन्यायाधीशको संसदीय सुनुवाइ प्रक्रिया सकिएपछि राष्ट्रपतिले नियुक्ति गर्ने संवैधानिक व्यवस्था छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell