PahiloPost

Aug 4, 2026 | १९ साउन २०८३

करेन्ट लागेर झापामा एकजनाको मृत्यु



पहिलोपोस्ट

करेन्ट लागेर झापामा एकजनाको मृत्यु

दमक: करेन्ट लागेर झापाको वैगुनधुरामा आज बिहान एक जनाको मृत्यु भएको छ।

मोटर जोडेको ट्युबेलमा पानी चलाउने क्रममा अचानक करेन्ट लाग्दा गौरादह नगरपालिका–९ का ५२ वर्षीय डाकुमसिंह गिरीको ज्यान गएको हो।

करेन्ट लागेर ढलेका घाइते गिरीको उपचारका लागि दमकतर्फ ल्याउँदै गर्दा बाटोमा नै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell