PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

दोस्रो चरणको निर्वाचनः उम्मेदवारविरुद्ध उजुरी दर्ता आज



पहिलोपोस्ट

दोस्रो चरणको निर्वाचनः उम्मेदवारविरुद्ध उजुरी दर्ता आज

काठमाडौँ: दोस्रो चरणको स्थानीय तह निर्वाचनमा मनोनयन दर्ता गरेका उम्मेदवारविरुद्ध आज उजुरीको समय तोकिएको छ। उम्मेदवारविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा सम्वन्धित नगर र गाउँपालिका केन्द्रमा उजुरी दिन सकिनेछ। उम्मेदवारका योग्यतामा उजुरी दिन सक्ने व्यवस्था निर्वाचन आयोगले गरेको छ।

निर्वाचन कार्यतालिका अनुसार आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उजुरी दिने समय तोकिएको छ। उम्मेदवारको प्रारम्भिक नामावली आइतबार साँझ नै प्रकाशित भइसकेको छ।

निर्वाचन आयोगका अनुसार दोस्रो चरणको निर्वाचनमा ३९ हजार ७५६ जनाले उम्मेदवारी दर्ता गरेका छन्। 

यस्तै, उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारका लागि असार ६ गते दिउँसो १ बजेदेखि साँझ ५ बजेसम्मको समय तोकिएको छ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण असार ७ गते हुनेछ । आयोगको कार्यतलिका अनुसार असार १४ गते निर्वाचन हुनेछ। दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जना जनप्रतिनिधि चुनिनेछन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell