PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

चितवनमा लागूऔषध कारोबारमा संलग्न तीन पक्राउ



पहिलोपोस्ट

चितवनमा लागूऔषध कारोबारमा संलग्न तीन पक्राउ

चितवनः प्रहरीले चितवनको रत्ननगरबाट लागूऔषध कारोबारमा संलग्न तीन जनालाई पक्राउ गरेको छ।

प्रहरीले लागूऔषध बिक्री गर्दै गरेको अवस्थामा कालिका नगरपालिका–१ का उमेश राई, सुनिल सुनार र गणेश लामालाई पक्राउ गरेको हो।

प्रहरीले राईको घरमा लुकाइराखेको अबस्थामा डाईजेपाम १० थान, फेनारगन ९ थान, नुफिन ९ थान, सिरिन्ज ४ थानसमेत बरामद गरेको छ।

उनीहरुले घरमा राखेर लागूऔषध प्रयोगकर्तालाई विक्रि गर्ने गरेको खुलेको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell