
बीबीसीः बेलायतको लण्डनमा एउटा भ्यानले पैदलयात्रुको समूहलाई ठक्कर दिंदा एकजनाको मृत्यु भएको छ भने आठजना घाइते भएका छन्।
प्रहरीले बिहानको समयमा फिन्सबरी पार्क जिल्लामा घटना भएको बताएको छ। बेलायतको मुस्लिम काउन्सिलले श्रद्धालुहरुलाई उक्त भ्यानले नियोजित रुपमा ठक्कर दिएको जनाएको छ।
घाइतेमध्ये धेरैजना रमजानको प्रार्थना सकेर फर्किरहेका मानिसहरु हुन सक्ने ठानिएको छ। भ्यान चालकलाई प्रहरीले पक्राउ गरेको छ। घटनाकाबारेमा प्रतिआतंकवाद प्रहरीले अनुसन्धान थालेको छ।