PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

दंगल प्रदर्शनपछि 'बाहुबली २'को चाइनामा शो



पहिलोपोस्ट

दंगल प्रदर्शनपछि 'बाहुबली २'को चाइनामा शो

आमिर खान अभिनित फिल्म दंगलले चाइनामा गरेको व्यापारले बलिउड गसिपमा राम्रो ठाउँ पायो। चीनमा बलिउड दर्शक फ्लोलाई ध्यानमा राख्दै 'बाहुबली २' पनि प्रदर्शन हुने निश्चित भएको छ।

आउँदो सेप्टेम्बर २७ देखि 'बाहुबली २' चीनमा प्रदर्शन हुने तय भएको छ।

बलिउड फिल्म विज्ञ तरण आदर्शले ट्विटरमार्फत 'बाहुबली २' प्रदर्शन हुने जानकारी दिएका हुन्।

दंगलले चीनका सात हजार बढी हलमा शो पाउँदा बाहुबलीको प्रदर्शन भने मात्र चार हजार हलमा हुँदैछ। फिल्म विज्ञ रमेश बालाले ट्विटरमार्फत बाहुबली सिक्वेल सन् २०१७ मै कोरिया, जापान र ताइवानमा रिलिज गर्ने जनाएका छन्।

१ हजार पाँच सय करोडभन्दा बढी बक्स अफिस कलेक्शन गरेको फिल्म दंगलपछि दोस्रो सर्वाधिक कमाई गर्ने फिल्म बनेर 'बाहुबली २' ले पच्छ्याइ रहेको छ।

दंगलले विश्वव्यापी रुपमा भने १ हजार नौ सय माथिको कमाई गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell