PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

मणिपालमा सुत्केरी मृत्यु प्रकरणः चार बुँदे सहमति, अस्पतालले एक लाख क्षतिपूर्ति दिने



पहिलोपोस्ट

मणिपालमा सुत्केरी मृत्यु प्रकरणः चार बुँदे सहमति, अस्पतालले एक लाख क्षतिपूर्ति दिने

  • नरहरि पौड्याल
पोखराः पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सुत्केरी आमा र शिशुकोको ज्यान गएपछि उत्पन्न विवाद समाधानका लागि स्थानीय प्रशासनको समन्वयमा ४ बुँदे सहमति गरिएको छ।

सहमति अनुसार अस्पतालले मृतक शान्ता भण्डारीका श्रीमान रामबहादुर भण्डारी र छोराको आजीवन निःशुल्क उपचार गर्ने, छोराको शिक्षाका लागि व्यवस्था गरिदिने, सामाजिक सुरक्षा अन्तरगत तत्काल एक लाख रुपैयाँ प्रदान गर्ने र हालसम्म उपचारका क्रममा मणिपालमा खर्च भएको रकम फिर्ता गर्नेछ।

घटनाका पीडित पक्ष, जिल्ला प्रशासन कार्यालय र अस्पताल प्रशासनबीच भएको वार्तामा सहमति भएपछि तनाव टुङ्गिएको हो। 

पीडित पक्षले पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका सिनियर प्रसुती रोग बिशेषज्ञ डा. डेला सिंह शर्मा संयोजक रहेको छानविन समितिले बुझाएको प्रतिवेदनमा उल्लेख भएका कुराहरु झुठा रहेको भन्दै अस्वीकार गरेपछि आइतबारको पहिलो चरणको वार्ता विना निष्कर्ष टुङ्गिएको थियो। 

प्रशासनको पहलमा तुरुन्त आइतबारै जिल्ला प्रशासन, अस्पताल प्रशासन र क्षतिपूर्ति समितिबीच वार्ता भएको थियो। 

वार्तामा छानविन समितिको प्रतिवदेनलाई पुनः अध्ययन गर्ने र सत्यतथ्य पत्ता लगाउनका लागि पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक डा. अर्जुन आचार्यलाई जिम्मेवारी दिने र उनले केही दिनमा फेरि प्रतिवदेन बुझाउने सहमति भएको हो।

जेठ २३ गते मंगलबार सुत्केरी गराउन अस्पताल पुगेकी पोखरा नयाँबजारकी ४३ वर्षीया भण्डारी र उनले जन्माएको शिशुको भोलिपल्ट निधन भएको थियो।

हिडेर अस्पताल पुगेकी भण्डारी र नवजात शिशुको मृत्यु भएपछि आफन्तले अस्पतालको लापरवाही भन्दै अस्पतालमा नाराजुलुश र धर्ना दिदैं आएका थिए। 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell