PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

उद्योग विभागले ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू गर्ने



रासस

उद्योग विभागले ‘विद्युतीय हस्ताक्षर’ प्रणाली लागू गर्ने

काठमाडौंः व्यवस्थित, प्रभावकारी र सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले उद्योग विभागले विद्युतीय हस्ताक्षर प्रणाली लागू गर्ने भएको छ। 

चार महिना अघिदेखि उद्योग दर्ताका लागि अनलाइन दर्ता सुरु गरेको विभागले अव अनलाइनमार्फत नै कागजपत्र प्रमाणीकरण गरेर सम्बन्धी निकायलाई अनलाइनमार्फत नै पठाउने व्यवस्था गर्न लागेको हो। 

अहिलेसम्म अनलाइन दर्ता भएका उद्योगका प्रमाणपत्र र कागजपत्र प्रमाणीकरण तथा हस्ताक्षर गर्दा प्रिन्ट गरेर सम्बन्धित सेवाग्राहीलाई प्रदान गर्ने गरेपनि विद्युतीय हस्ताक्षर सेवाको सुरुवातसँगै अनलाइनमार्फत नै हस्ताक्षर हुने व्यवस्था मिलेको विभागका प्रवक्ता दुर्गाप्रसाद भुषालले जानकारी दिए। 

विद्युतीय हस्ताक्षरको प्रयोगसँगै उद्योग प्रशासनमा हुने जुनसुकै काम विद्युतीय हस्ताक्षरबाट गर्न मिल्ने प्रवक्ता भुषालले बताए। 

उद्योग विभाग र कम्पनी रजिष्ट्रार कार्यालयमा विद्युतीय हस्ताक्षर प्रयोग गर्नका लागि बोलपत्र आह्वानसमेत गरेको र यो कामको सुरुवात विद्युतीय हस्ताक्षरको मान्यताप्राप्त कम्पनी रेडियन्ट नेपाल संस्थाले गरिसकेको छ। 

विभागले सुरुमा २०० व्यक्तिलाई विद्युतीय हस्ताक्षर सेवा उपलब्ध गराउने र पछि आवश्यकतानुसार थप्दै लैजाने जनाएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell