PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

उम्मेदवारी दर्तापछि निर्वाचन हुनेमा बाँकेका मतदाता ढुक्क



रासस

उम्मेदवारी दर्तापछि निर्वाचन हुनेमा बाँकेका मतदाता ढुक्क

नेपालगञ्जः स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता भएसँगै अब चुनाव हुन्छ भन्नेमा बाँकेका आममतदाता ढुक्क भएका छन्। 

स्थानीय तहको निर्वाचनका लागि हिजो भएको उम्मेदवारी दर्ता बाँकेमा धेरै राजनीतिक दल र उम्मेदवारको सहभागितामा उत्साहजनक र शान्तिपूर्ण रुपमा सम्पन्न भएको थियो । 

बाँकेमा दुई नगरपालिका र ६ गाउँपालिका गरी ८ वटा स्थानीय तह छन्। तीमध्ये नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकामा मात्र ८१ पदमा राजनीतिक दलबीच प्रतिस्पर्धा हुनेछ। 

चुनाव प्रचारका लागि यहाँका राजनीतिक दलले टोल/टोलमा नाचगान गर्दै घरदैलो, चोकचोकमा सभा र माइकिङ गर्ने कामलाई तिव्रता दिएकका छन् भने मतदातालाई प्रभावमा पार्न सक्ने चुनावी प्रचार सामग्री वितरणलगायत प्रचार अभियानलाई पनि तिव्रता दिएका छन्। 

यहाँका सबै राजनीतिक दलले आफ्नो चुनावी एजेण्डामा जिल्लाको सामाजिक सद्भावलाई प्रमुख रुपमा उठाएकाले पनि मुस्लिम, मधेसी, थारु र पहाडी समुदायलगायत विभिन्न जातजाति, र जनजातिको अभूतपूर्व सहभागिता निर्वाचन प्रचारका क्रममा देख्न सकिन्छ। 

बाँकेमा १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell