PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

'भिरबाट खसेका प्रेम र गीतको कथा प्रेमगीत २ मा निरन्तर'- रामशरण पाठक



पहिलोपोस्ट

'भिरबाट खसेका प्रेम र गीतको कथा प्रेमगीत २ मा निरन्तर'- रामशरण पाठक

काठमाडौं: हिट फिल्म 'प्रेमगीत' सिक्वेल 'प्रेमगीत २'मा पहिलो संस्करणकै कथाले निरन्तरता पाउने संज्ञा फिल्म निर्देशकले दिएका छन्। उनले फिल्मको प्रेम र गीत पात्र भिरबाट खस्दाको अन्तिम अवस्थाबाटै नयाँ संस्करणको कथा सुरु हुने बताएका हुन्।



सोमबार फिल्मको ट्रेलर रिलिज कार्यक्रममा उनले फिल्मको कथाले निरन्तरता दिनु नै फिल्मको विशेषता रहेको बताए। भने,'पहिले पात्रहरु मनोद्वन्द्वमा थिए। अब शारीरिक द्वन्द्वमा उत्रन्छन्। प्रेमको लागि हुने द्वन्द्व हो प्रेम गीत।' सार्वजनिक ट्रेलरले पनि निर्देशकको भनाई पुस्टी गर्छ जसमा प्रेम, बिछोड, द्वन्द्वको मिश्रण छ। फिल्ममा सस्पेन्स राख्न खोजिएको द्वन्द्वको दृश्य लिक भएपछि ट्रेलरम पनि सो पाटो देखाइएको हो। द्वन्द्वको दृश्य बोल्ने फोटोहरु फिल्मकै क्रु मेम्बरबाट सार्वजनिक भएको थियो।

म्यानमार, थाइल्यान्ड र नेपालमा छायांकन गरिएको फिल्ममा निर्माता सन्तोष सेन कलाकारको भूमिकामा पनि देखिएका छ। उनले आफू बर्माको एक खेलाडीको रुपमा प्रस्तुत भएको बताए। फिल्ममा रामशरण पाठकको लेखन तथा निर्देशन रहेको छ।]



फिल्ममको दुबै संस्करणमा अभिनेता रहेका प्रदिप खड्काले भने,'गाह्रो हुन्छ भन्ने लागेको भए मैले फिल्म आँट्ने थिइँन, आँटेपछि थाहा भयो धेरै गाह्रो रहेछ।' आशुसेन फिल्म्सको ब्यानरमा बनेको फिल्मलाई पुरुपोत्तम प्रधानले खिचेका हुन् भने फिल्ममा प्रदिप खड्का, अश्लेषा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी, कुमार कार्की लगायतका कलाकारहरुको अभिनय रहेको छ। साउन १३ गते प्रदर्शनको तयारीमा रहेको छ।

हेर्नुस् ट्रेलर: 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell