PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

 आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली, होटल व्यवसायी मारमा



रासस

 आन्दोलनका कारण दार्जिलिङका होटलहरु खाली, होटल व्यवसायी मारमा
फोटो श्रोतः mybudgettrip.com

कोलकाताः केही दिनदेखि जारी आन्दोलन र आमहड्ताका कारण दार्जिलिङमा पर्यटकको संख्या घटेको छ । 

आन्दोलनका कारण पर्यटक आउन छाडेका र यसअघि बुकिङ गरेर बसेका पर्यटकहरु पनि भ्रमण छोट्याएर फर्किन थालेका छन्।

जारी आमहड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण यहाँ आएका पर्यटक असुरक्षित महसुस गरी फर्किन थालेका हुन्।

आन्दोलनका कारण पर्यटक फर्किन थालेपछि त्यसको मारमा होटल व्यवसायी परेका छन्।

हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन चलिरहेको छ । दार्जिलिङ्का रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन्। 

होटल बुकिङ् गरेका पर्यटक पनि भाग्नुपरेको र पछिल्लो समयमा त पर्यटक नै नआएको होटल व्यवसायीहरु बताउँछन् । 

एकजना होटल व्यवसायीले आइतबारसम्ममा दार्जिलिङबाट सात हजार भन्दा बढी पर्यटकले बुकिङ रद्द गराएका र यो क्रम झन् बढेको बताएका छन्। रासस/एएफपी 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell