PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

कु्हिएको मासु भेटिएपछि गुहेश्वरीको सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी



रासस

कु्हिएको मासु भेटिएपछि गुहेश्वरीको सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी

काठमाडौंः काठमाडौंको गुहेश्वरीस्थित सिन्धु तातोपानी कोल्ड स्टोरमा सिलबन्दी गरिएको छ। 

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागको नियमित अनुगमनअन्तर्गत आज बिहान उक्त स्टोरबाट कुहिएको अवस्थामा नौ किलो मासु भेटिएपछि मासु नष्ट गर्नुसाथै सिलबन्दी गरिएको हो। 

अनुगमन अधिकृत ढुण्डीराज पोखरेलको संयोजकत्वमा भएको अनुगमनका क्रममा मासु बिक्री गर्ने स्थानमा नै अन्य खानाहरु पकाएको, दर्ता नवीकरण नभएको, नापतौल प्रमाणीकरण नभएको र अत्यन्तै फोहर पाएपछि अनुगमन टोलीले सिलबन्दी गरी तीनदिनभित्र विभागमा आउन निर्देशन दिएको हो। 

त्यसैगरी, विभागले जोरपाटी नयाँबस्तीमा रहेको राजेश कोल्ड स्टोर, न्यू हलेसी मिटसप, अपेक्षा मिट सप, कोइच फ्रेस हाउस, न्यू तामाङ मिटसपको पनि अनुगमन गरेको छ।

त्यसक्रममा ती पसलहरु दर्ता प्रमाणीकरण नगरेको, नापतौल प्रमाणीकरण नगरेको र अत्यन्तै फोहर रहेकाले सात दिनभित्र विभागमा आउन निर्देशन दिएको संयोजक पोखरेलले जानकारी दिए। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell