
बुटवलः गृहमन्त्री जनार्दन शर्माले असार १४ गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा सुरक्षा व्यवस्था मजबुत बनाउन सरकार प्रतिबद्ध रहेको बताएका छन्।
बुटवलमा सुरक्षा गोष्ठीको उद्घाटन गर्दै गृहमन्त्री शर्माले केन्द्रीय सुरक्षा समितिले तय गरेका सुरक्षा योजनाअनुरुप सबै जिल्लामा जनताले ढुक्कसँग मतदान गर्न पाउने गरी सुरक्षा व्यवस्था मिलाइने बताए।
आइतबार उम्मेदवारी मनोनयनका क्रममा बाजुरा, सङ्खुवासभा र कपिलवस्तुमा भएका घटनाको अनुसन्धान गरी दोषीलाई कार्वाही गरिने र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा निकायलाई निर्देशन दिए।
गृहमन्त्री शर्माले मधेस केन्द्रीत दलका असन्तुष्टिलाई सम्बोधन गर्न र दीर्घकालीन द्वन्द्व अन्त्य गरी जनतालाई सुरक्षित रुपले मतदान गर्न पाउने वातावरण सिर्जनाका लागि दुई नम्बर प्रदेशको निर्वाचन सारिएको स्पष्ट पारे।रासस