PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई भन्यो : संयमता अपनाउ



पहिलोपोस्ट

आयोगले राजनीतिक दल तथा उम्मेदवारलाई भन्यो : संयमता अपनाउ

काठमाडौंः निर्वाचन आयोगले राजनीतिक दल तथा उम्मेदवारहरुलाई चुनावी प्रचारप्रसारमा संयमता अपनाउन आग्रह गरेको छ।

दोस्रो चरणको स्थानीय तह निर्वाचनको उम्मेदवारी मनोनयनका क्रममा बाजुरामा भएको झडपमा एक  जनाको मृत्यु हुनु दुःखद घटना भन्दै आयोगले दल र उम्मेदवारलाई संयमित हुन आग्रह गरेको हो।

आयोगले भनेको छ–‘दोस्रो चरणको निर्वाचनको प्रचार प्रसारलगायतका निर्वाचन कार्यक्रमहरुमा संयमता अपनाई सामाजिक सद्भाव कायम राखी शान्तिपूर्ण तरिकाबाट राजनीतिक गतिविधि सञ्चालन गर्न समेत सबै राजनीतिक दल, उम्मेदवार, मतदाता र नागरिक समाजका व्यक्तित्वहरुसँग आयोग हार्दिक अपिल गर्दछ। ’ 

त्यसैगरी, आयोगले निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न असर पार्ने खालका कुनै पनि किसिमका घटना हुन नदिनका लागि प्रभावकारी सुरक्षा प्रबन्ध मिलाउन सरकारलाई आग्रह गरेको छ। 

आइतबार बाजुराको छेडेदह गाउँपालिका वडा नं. ५ डोगडीमा मनोनयन पत्र दर्ता गर्न जाने क्रममा राजनीतिक दलका कार्यकर्ता बीच झडप हुँदा स्थानीय हंसबहादुर राउतको मृत्यु भएको थियो।

त्यसैगरी, उम्मेदवारी दर्ताकै क्रममा कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ४ भित्री हुलाकी सडकखण्डमा बम विष्फोट हुँदा १० जना घाइते भएका थिए।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell