PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

रुकुममा पाँच वडा सदस्य निर्विरोध



रासस

रुकुममा पाँच वडा सदस्य निर्विरोध

रुकुमः रुकुमको भूमे गाउँपालिकामा पाँचजना वडा सदस्य निर्विरोध निर्वाचित भएका छन्। 

भुमे गाउँपालिका– ७ का ४ र सोही गाउँपालिका– ६ का एकजना वडा सदस्यमा निर्विरोध भएका हुन् । 

वडा नं ७ मा महिला सदस्य, दलित महिला सदस्य र अन्य दुईजना सदस्य तथा वडा नं ६ मा दलित महिला सदस्य पदमा नेकपा माओवादी केन्द्रकातर्फबाट मात्रै उम्मेदवारी परेको निर्वाचन अधिकृत ज्ञानेन्द्र इटेनीले जानकारी दिए। 

उनका अनुसार वडा नं ७ को महिला सदस्यमा मनकुमारी बुढा, दलित महिला सदस्यमा रामकुमारी सुनार तथा अन्य दुई सदस्यमा धनीमान बुढा र रुपधन कामी निर्विरोध भएका हुन्। वडा नं ६ को दलित महिला सदस्यमा मीना सुनार निर्विरोध भएकी छन्। 

दाबी विरोध र नाम फिर्ता लिनेलगायत प्रक्रियापछि मात्रै निर्विरोध भएको घोषणा गरिने निर्वाचन अधिकृत इटेनीले बताए।

भूमे गाउँपालिकामा ४७ पदका लागि माओवादी केन्द्रका ४७, कांग्रेसका ३६, एमालेका २८ तथा राष्ट्रिय जनमोर्चा र स्वतन्त्रका एक/एक जनाले मनोनयन दर्ता गरेका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell