PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

थाइल्याण्डमा आतंककारी आक्रमण, छ सैनिकको मृत्यु



रासस

थाइल्याण्डमा आतंककारी आक्रमण, छ सैनिकको मृत्यु

बैंककः दक्षिणी थाइल्याण्डमा सोमबार भएको बम विस्फोटमा परी छ सैनिकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्। 

थाइल्याण्डको राजधानी बैंककबाट १ हजार ५५ किलोमिटर दक्षिणमा पर्ने पत्तानी प्रान्तको थुङयाङ दाएङ सडकमा स्थानीय आतङ्ककारीहरुले बम आक्रमण गरेका थिए। 
थाइल्याण्डको सुदुर दक्षिणमा रहेको पत्तानी, याला र नराथिवाटमा यसअघि पनि बारम्बार आक्रमण हुने गरेको छ। 

गस्तीमा रहेको करिब २५ जना सैनिकको टुकडीमाथि आक्रमण भएको थियो। विस्फोटको कारण र यसमा संलग्नहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ। रासस/सिन्ह्वा 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell