PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

विराटनगर महानगर : सबैका एजेन्डा साझा



पहिलोपोस्ट

विराटनगर महानगर : सबैका एजेन्डा साझा

  • अनन्तराज न्यौपाने-
विराटनगर : विराटनगर महानगरपालिकाको निर्वाचनमा सबै मुख्य राजनीतिक दलले एउटै प्रकारका चुनावी मुद्दा र आश्वासन अघि सारेका छन्।

स्थानीय तहको निर्वाचनका लागि पार्टीले केन्द्रीय स्तरमा जारी गरेको घोषणापत्रबाहेक दुई राजनीतिक दलले मात्र स्थानीय आधारमा प्रतिवद्धतापत्र सार्वजनिक गरेका छन्। हालसम्म यस्तो प्रतिवद्धतापत्र सार्वजनिक गर्नेमा दुई मुख्य बामपन्थी दल नेकपा एमाले र नेकपा माओवादी केन्द्र देखा परेका छन्। नेपाली काङ्ग्रेसले यस्तो दस्तावेज अहिलेसम्म प्रकाशमा ल्याएको छैन।

माओवादी केन्द्रको प्रतिवद्धतापत्र १६ र एमालेको ३२ पृष्ठको छ। दुवै प्रतिवद्धतापत्रमा भाषिक शुद्धता र वर्णविन्यासको ख्याल गरिएको छैन।

सबैका एजेन्डा साझा 

स्थानीय तहमा प्रतिवद्धतापत्र सार्वजनिक गर्ने–नगर्ने सबैका एउटै खालका एजेन्डा छन्। अन्तर्राष्ट्रिय स्तरको रङ्गशाला, अन्तर्राष्ट्रिय स्तरकै सभागृह, अन्तर्राष्ट्रिय मापदण्डकै प्रदर्शनी स्थल, क्षेत्रीय स्तरको विमानस्थल, फ्री वाइफाई जोन,  उद्योग तथा व्यवसायको समुचित विकास, सुशासन, नगर सफाइ, बालमैत्री नगर, स्मार्ट सिटी सबैका साझा एजेन्डा भएका छन्।

एमालेको मुख्य चुनावी नारा ‘हामी बनाउँछौँ हाम्रो विराटनगर, अन्तर्राष्ट्रिय स्तरको समृद्ध शहर’ र माओवादी केन्द्रको ‘वाईफाई फ्री विराटनगर, सामाजिक न्यायसहितको समृद्ध महानगर’ छ। 

मुलुकको राजनीतिक र औद्योगिक राजधानी भए पनि विकास निर्माण र पूर्वाधारका दृष्टिले विराटनगर पछि परेको सबैजसो दलको ठहर छ। 



 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell