PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

आईडब्लुएफन अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन



पहिलोपोस्ट

आईडब्लुएफन अन्तर्राष्ट्रिय करातेमा नेपाल च्याम्पियन

काठमाडौं : प्रथम आईडब्लुएफएन अन्तर्राष्ट्रिय कराते प्रतियोगिताको नेपाल टिम च्याम्पियन बनेकोछ।

आईडब्लुएफएन कराते डो संघको आयोजनामा भएको च्याम्पियनसिपमा नेपालले २४ स्वर्णसहित उपाधि जितेको हो। ४ स्वर्ण जितेको भारत दोस्रो तथा १ स्वर्णका साथ भुटान तेस्रो बन्यो।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतियोगिताको पुरुषमा राजेन्द्र राई तथा महिलामा शिवा भण्डारी उत्कृष्ट खेलाडी चुनिए। यस्तै पुरुषमा पुष्पराज नेगी तथा महिलामा रोइसा चौधरी उदीयमान खेलाडी घोषित भए। उत्कृष्ट र उदीयमान चारै खेलाडी नेपालका हुन्।

विजेतालाई राखेप सदस्य–सचिव केशवकुमार विष्ट, आयोजक संघका अध्यक्ष लक्ष्मण लम्साललगायतले पुरस्कृत गरे। दुईदिने प्रतियोगितामा नेपालबाट १ सय ३५ पुरुष र ७० महिला, भुटानबाट ९ पुरुष तथा भारतबाट १ सय ४० पुरुष र ३० महिला गरी जम्मा ३ सय ८४ खेलाडीले विभिन्न २९ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell