PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

उच्चस्तरीय टोलीले बुझायो मलेठ घटनाको प्रतिवेदन



रासस

उच्चस्तरीय टोलीले बुझायो मलेठ घटनाको प्रतिवेदन

काठमाडौंः सप्तरीको राजविराजमा गत फागुन २३ गते भएको घटनाको उच्चस्तरीय टोलीले अनुसन्धान पूरा गरी प्रतिवेदन राष्ट्रिय मानव अधिकार आयोगमा पेस गरेको छ। 

आयोगका प्रवक्ता मोहना अन्सारीले जारी गरेको विज्ञप्तिमा सप्तरीको राजविराजमा नेकपा एमालेद्वारा आयोजित कार्यक्रममा तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र सुरक्षाकर्मीबीच भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर पाँचजनाको ज्यान गएको घटनाको अनुसन्धान प्रतिवेदन आयोगमा बुझाएको उल्लेख छ। 

आयोगले सप्तरीको मलेठ घटनाको विस्तृत अनुसन्धान गरी प्रतिवेदन पेस गर्ने जिम्मेवारीसहित गत चैत ३१ गते सो जिल्लाका उच्च अदालतका न्यायाधीश ताहिर अलि अन्सारीको संयोजकत्वमा उच्चस्तरीय अनुसन्धान टोली गठन गरेको थियो। आयोगले प्रतिवेदन छिट्टै सार्वजनिक गर्ने जनाएको छ । रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell