PahiloPost

Jun 22, 2026 | ८ असार २०८३

आगलागीबाट मुगुमा सात घर जलेर नष्ट



रासस

आगलागीबाट मुगुमा सात घर जलेर नष्ट

मुगुः मुगुको सोरु गाउँपालिका–८ गिलाह गाउँमा सोमबार आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्। 

आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएका पीडित दानबहादुरका छोरा गणेशबहादुरले जानकारी दिए । 

आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ। 

वडा नं ८ का नवनिर्वाचित वडाध्यक्ष जनक रावलको घरबाट आगलागी सुरु भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट लाखौँको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell