
मुगुः मुगुको सोरु गाउँपालिका–८ गिलाह गाउँमा सोमबार आगलागी हुँदा सात घर जलेर नष्ट भएका छन्।
आगलागीबाट स्थानीय दानबहादुर शाही, जयबहादुर शाही, कालीबहादुर बम, नाना रावल, रङ्गेश्वर रोका, नैनसिंह रावल र सुकवीर रावलको घर जलेर नष्ट भएका पीडित दानबहादुरका छोरा गणेशबहादुरले जानकारी दिए ।
आगलागीबाट कालीबहादुरको एउटा गाई जलेर मरेको छ भने निमबहादुर बमको पसल जलेर नष्ट भएको छ।
वडा नं ८ का नवनिर्वाचित वडाध्यक्ष जनक रावलको घरबाट आगलागी सुरु भएको र आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। आगलागीबाट लाखौँको क्षति भएको जिल्ला प्रहरीले जनाएको छ। रासस