PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

ओलीको दाबीः एमालेलाई कमजोर बनाउन २ नम्बर प्रदेशमा निर्वाचन सारियो



रासस

ओलीको दाबीः एमालेलाई कमजोर बनाउन २ नम्बर प्रदेशमा निर्वाचन सारियो

झापाः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माघ ७ गतेभित्र तीनवटै निर्वाचन सम्पन्न गर्न सरकारलाई दबाब दिने बताएका छन्। 

एमाले कनकाई नगरले सोमबार आयोजना गरेको प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा अध्यक्ष ओलीले स्थानीय तह, प्रदेश र केन्द्रको निर्वाचन गराउन दबाब दिने बताए। “सुरुदेखि नै एमालेले निर्वाचन गराउनुपर्छ भन्दै आएको छ”– उनले भने, “निर्धारित समयमा चुनाव नभए देश गम्भीर सङ्कटमा फस्छ ।” 

संविधान कार्यान्वयनका लागि निर्वाचन निर्विकल्प भएको बताउँदै ओलीले एमालेलाई कमजोर बनाउन २ नम्बर प्रदेशको निर्वाचनको मिति सारिएको आरोप लगाए। 

कार्यक्रममा एमालेकातर्फबाट कनकाई नगरप्रमुख पदका उम्मेदवार राजेन्द्र पोखरेल र उपप्रमुख पदका मन्जु बस्नेतले २२ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्। 

प्रबिद्धतापत्रमा पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, औद्योगिक विकास लगायतका बुँदा समेटिएका छन्। रासस 
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell