PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

नाइजेरियामा आत्मघाती आक्रमणमा २० जनाको मृत्यु



पहिलोपोस्ट

नाइजेरियामा आत्मघाती आक्रमणमा २० जनाको मृत्यु

अबुजा: नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा पर्ने बोर्ने प्रदेशमा आइतबार राति भएको आत्मघाती आक्रमणमा परी २० जनाभन्दा बढी मारिएका छन् ।

आक्रमणकारी पाँच जना महिलासहित १७ जनाको मृत्यु भएको स्थानीय प्रहरी अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको थियो।

त्यस बाहेक अन्य चार जनाको अस्पताल लगेपछि उपचारको क्रममा सोमबार मृत्यु भएको राष्ट्रिय विपद व्यवस्थापन कार्यालयले जनाएको छ।

घटनास्थल कोफा गाँउ बोर्नो प्रदेशको राजधानी मैदुगुरीदेखि झण्डै आठ किलोमिटर टाढा रहेको आक्रमण आन्तरिक रुपमा विस्थापित भएका द्वन्द्वपीडित नाइजेरियाली शरणर्थी बस्ने हुन्।

विस्फोटनमा आतङ्कवादी समूह बोको हरामको संलग्नता रहेको हुन सक्ने प्रशासनले बताए पनि विद्रोहीले घटनाको जिम्मेवारी लिएको छैन।

नाइजेरियामा अहिलेसम्म बोको हरामको आक्रमणमा परी २० हजारभन्दा बढीको मृत्यु भएको छ भने २३ लाख जना विस्थापित भएका छन्।

नाइजेरियामा सन् २००९ देखि विद्रोही र सरकारी पक्षका बीचमा युद्ध चलिरहेको छ। रासस/सिन्ह्वा



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell