PahiloPost

Jun 29, 2026 | १५ असार २०८३

रोल्पाको माडी गाउँपालिकामा कांग्रेस एमालेबीच तालमेल



पहिलोपोस्ट

रोल्पाको माडी गाउँपालिकामा कांग्रेस एमालेबीच तालमेल

रोल्पा: रोल्पाको एक गाउँपालिकामा सत्तारुढ नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच चुनावी तालमेल भएको छ ।

जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेसले अध्यक्ष र नेकपा एमालेले उपाध्यक्ष लिने गरी तालमेल गर्ने सहमति भएको हो। सहमतिपछि असार ४ गते नै उनीहरुले अध्यक्षमा नेपाली काँग्रेसका तर्फबाट गोपाल घर्तीमगरलाई र उपाध्यक्षमा एमालेका तर्फबाट प्रेम घर्तीमगरलाई उम्मेदवारी दर्ता गराएको बताइएको छ। उनीहरुले सो गाउँपालिकाका अन्य तीनवटा वडामा समेत चुनावी तालमेल गरेका छन्।

तालमेल जिल्लाको सापेक्षतामा स्वाभाविक भएको नेपाली काँग्रेसका सभापति अमरसिंह पुनले प्रतिक्रिया दिए। स्थानीय पार्टी कार्यकर्ता र जनताले लोकतान्त्रिक शक्ति मिलेर जानुपर्ने दबाब दिएका कारण तालमेल भएको उनले बताए। जिल्लाभर तालमेल गरी जाने प्रयास गरिएपनि प्राविधिक कारणले सम्भव नभएको उनले बताए।

देशका अन्य जिल्लामा नेपाली काँग्रेस र एमाले प्रमुख प्रतिस्पर्धी रहेपनि रोल्पाको वस्तुस्थिति भने फरक रहेका कारण पनि दुई दलबीच तालमेल भएको उनले बताए।

एक नगरपालिकासहित दश स्थानीय तह रहेको रोल्पामा काँग्रेस, एमाले, नेकपा माओवादी केन्द्र र अन्य साना दलसहित स्वतन्त्र उमेदवारले समेत चुनावी प्रतिस्पर्धा गर्दैछन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell