PahiloPost

Mar 9, 2025 | २५ फागुन २०८१

नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु, लगानी व्यापार बैठकका मुख्य एजेण्डा



रासस

नेपाल–चीन परामर्श संयन्त्रको बैठक सुरु, लगानी व्यापार बैठकका मुख्य एजेण्डा

काठमाडौँः नेपाल–चीन परामर्श संयन्त्रको ११ औँ बैठक काठमडौंमा सुरु भएको छ। 

चार वर्षको अन्तरालमा भएको बैठकमा नेपाल–चीन सम्बन्धका साथै दुई मुलुकबीचको राजनीतिक सम्बन्ध, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको छ। 

बैठकको कार्यसूचीअनुसार दुवै मुलुकका परराष्ट्र सचिव नेतृत्वको छलफलमा नेपाल–चीन आर्थिक सहयोग, लगानी, व्यापार र दुई देशबीच सतह र हवाईमार्गबाट सम्पर्क विस्तारबारे परामर्श हुनेछ। 

त्यसैगरी, दुवै पक्षले पर्यटन प्रवद्र्धन, सामाजिक तथा सांस्कृतिक आदानप्रदान, दुई देशबीच सुमधुर सम्बन्ध स्थापना गर्दै पारस्परिक हित र लाभका क्षेत्रमा सहकार्य गर्न स्थापना भएका द्विपक्षीय संयन्त्रका बैठक नियमित रुपमा आयोजना गर्नेबारेमा पनि छलफल हुनेछ। 

बैठकमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका प्रमुख साझा मामिलामा पनि विचारविमर्श हुने उक्त कार्यसूचीमा उल्लेख छ। 

बैठकमा ११ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँको परराष्ट्र मन्त्रालयका सचिव कुङ सेन युले गरेका छन् भने २० सदस्यीय नेपाली पक्षको नेतृत्व परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास वैरागीले गरेका छन् । 

सङ्घीय मामिला तथा स्थानीय विकास, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, गृह, अर्थ, वाणिज्य, ऊर्जा, कृषि, आपूर्ति, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका साथै राष्ट्रिय योजना आयोग, लगानी बोर्ड नेपाल र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका उच्च अधिकारी बैठकमा सहभागी छन्। 

नेपाल–चीन परामर्श संयन्त्रको १० औँ बैठक सन् २०१३ अगस्तमा चीनको राजधानी बेइजिङमा भएको थियो। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell