PahiloPost

Jul 28, 2026 | १२ साउन २०८३

एमालेको आह्वानमा मार्तडी बजार बन्द, दोषीलाई कार्वाहीको माग



रासस

एमालेको आह्वानमा मार्तडी बजार बन्द, दोषीलाई कार्वाहीको माग

बाजुराः मनोनयन दर्ताका क्रममा आफ्ना कार्यकर्ता मारिएको भन्दै नेकपा एमालेले दोषीलाई कार्वाहीको माग गर्दै आज मार्तडी बजार बन्द गराएको छ।

हत्या संलग्न कांग्रेस कार्यकर्तालाई कार्वाहीको माग गर्दै सोमबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको एमालेले आज मार्तडी बजार बन्द गराएको हो।

मनोनयन दर्ताका क्रममा कांग्रेस एमाले कार्यकताबीच झडप हुँदा एमाले कार्यकर्ता हंसबहादुर रावतको मृत्यु भएको थियो।

रावतलाई कांग्रेस कार्यकर्ताले ढुङ्गा हानेर हत्या गरेको एमालेले आरोप लगाएको छ। कांग्रेसले भने रावतलाई आफ्ना कार्यकर्ताले आक्रमण नगरेका र दमका रोगी भएकाले उनको बेहोस भइ मृत्यु भएको बताएको छ। रासस 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell