PahiloPost

Jun 18, 2025 | ४ असार २०८२

भरतपुर प्रकरणः पुनःमतदान वा मतगणना? आजदेखि सर्वोच्चमा बहस



पहिलोपोस्ट

भरतपुर प्रकरणः पुनःमतदान वा मतगणना? आजदेखि सर्वोच्चमा बहस

काठमाडौँ: भरतपुर प्रकरणमा पुनः निर्वाचन गर्ने निर्वाचन आयोगको निर्णय रोक्ने सर्वोच्चको अन्तरकालीन आदेश निरन्तरता हुने/नहुनेबारे आजदेखि बहस सुरु हुँदैछ। कायम मुकायम प्रधानन्यायाधीश गोपाल पराजुलीसहितको इजलासमा मुद्दाको पेसी तोकिएको छ। पराजुलीसँगै न्यायाधीश हरिकृष्ण कार्कीलाई मुद्दामा सामेल गरिएको छ।

मतगणनाको अन्तिम समयमा मतपत्र च्यातिएपछि सुरु भएको भरतपुर प्रकरणमा निर्वाचन आयोगले गरेको पुनः मतदानको निर्णयउपर सर्वोच्चमा रिट दर्ता भएको थियो । जेठ २२ गते सर्वोच्चको एकल इजलासले पुनः मतदानको निर्णय ६ दिनका लागि रोकेको थियो। तर, त्यसयता अन्तरिम छलफल सुरु हुन सकेको छैन।

जारी अन्तरकालीन आदेश निरन्तर भएमा भरतपुरमा पुनः मतदान गर्ने आयोगको निर्णय कार्यान्वयनमा रोक लाग्नेछ। एकल इजलासको आदेश खारेज भएमा पुनः निर्वाचन गर्ने आयोगको निर्णय कार्यान्वयनमा जानेछ।

जेठ १४ गते मध्यरातमा दुई वडाको मतगणना बाँकी रहेको अवस्थामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताले मतपत्र च्यातेका थिए। निर्वाचन आयोगले स्थलगत छानविन र मुख्य निर्वाचन अधिकृतको कार्यालयको प्रतिवेदन अनुसार ९० मतपत्र च्यातिएको निश्कर्ष निकालेको थियो।

जेठ २० गते आयोगले भरतपुरको वडा नम्वर १९ पुनः मतदानको निर्णय गरेको थियो। आयोगको निर्णयविरुद्ध एमालेका भरतपुर १९ का वडा सदस्यका उम्मेदवार समेत रहेका गुन्जमान विकले सर्वोच्चमा जेठ २१ गते रिट दायर गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell